नेपालले आयरल्यान्ड‘ए’लाई दियो १९९ रनको लक्ष्य

काठमाडौं । नेपालले आयरल्यान्ड ‘ए’लाई १९० रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन जोड्यो ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ४७ रन बनाए । ३२ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे ।

कुशल मल्लले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन प्रहार गरे ।

कप्तान रोहितकुमार पौडेल ३३, कुशल भुर्तेल २५, सन्दीप जोरा २१, अनिल साह १२ र आसिफ शेख ११ रनमा आउट हुँदा विवेककुमार यादव ७ रनमा अविजित रहे।

आयरल्यान्डका म्याथ्यु फोस्टरले सर्वाधिक ३ विकेट लिए । बेन ह्वाइटको नाममा २ विकेट रहँदा फिओन ह्यान्ड र गेभिन होईको नाममा १÷१ विकेट रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *