टिकटक प्रतिबन्धविरुद्ध अर्काे रिट पनि दर्ता

२०८० मंसिर ४ गते

काठमाडौँ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अर्को पनि रिट दर्ता भएको छ ।
सोमबार अधिवक्ता जगन्नाथ दुलालसमेतले रिट दर्ता गरेका हुन् ।
उनले टिकटक प्रतिबन्धका कारण संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित भएको भन्दै सरकारको निर्णय खारेजीको माग गरिएका छन् ।
यसअघि गत शुक्रबार १० वटा रिट दर्ता भएका थिए ।

२०८० मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित