जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्लाको दोगडाकेदार–८ कटौजपानीबाट सिल्लेगाडा तर्फ गइरहेको से १ ज ६०३ नम्बरको जिप घोडेधारको उकालोमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा दोगडाकेदार गाउँपालिका ८ कालागाउँका ३५ बर्षिय अमरसिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

गम्भीर घाइते हुनेमा कालागाउँकै ३०बर्षिय कलावती विष्ट र ४५ बर्षिय हिरा विष्ट रहेका छन् । ४ वर्षिय रियाग विष्ट, ७ वर्षिय सुशीला विष्ट र ६० वर्षिय पदम विष्ट पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । ग्रामीण कच्ची सडकका कारण उकालोमा चढ्न नसकेर जिप दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *