प्यालेस्टाइनीको पूर्ण अधिकार बिना मध्यपूर्वमा शान्ति हुँदैन : अब्बास


सिन्ह्वा । प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले प्यालेस्टाइनीहरुको आफ्नो वैधानिक अधिकारको पूर्ण उपभोग नगरेसम्म मध्यपूर्वमा शान्ति नहुने बताएका छन् ।
संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा उनले प्यालेस्टाइनी जनताले आफ्नो पूर्ण र वैध राष्ट्रिय अधिकारको उपभोग नगरी मध्यपूर्वमा शान्ति कायम हुन नसक्ने बताएका हुन् । उनले संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनको पूर्ण सदस्यताका लागि आह्वान गर्दै प्यालेस्टाइनलाई राज्यको मान्यता दिन राष्ट्रहरूसँग आग्रह गरे ।
उनले अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना गर्न आह्वान गरे । उनले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई सम्मेलनको व्यवस्था मिलाउन आग्रह गरे । उनले प्यालेस्टाइनी जनतालाई सुरक्षा प्रदान गर्न सम्बन्धित प्रस्तावहरू कार्यान्वयन गर्न पनि आग्रह गरे ।
इजरायलले दुई राज्यको समाधानलाई व्यवस्थित रूपमा समाप्त पार्ने क्रममा संयुक्त राष्ट्र संघका प्रत्येक सदस्य राष्ट्रलाई राष्ट्रिय हैसियतले सम्बन्धित सङ्कल्पका आधारमा व्यवहारिक कदम चाल्न पनि आह्वान गर्न आवश्यक भएको बताए ।
