मुलुकमा धार्मिक द्वन्द्व फैल्याउन खोजे कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ


काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सद्भाव र सहिष्णुतासहितको राष्ट्रिय एकता कायम गर्न सबै धार्मिक सङ्घ, संस्थाहरूलाई अपिल गरेका छन् ।
व्यक्तिको आस्था वा धर्मजस्तो संवेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल गर्न खोजेर नहुने भएकाले विविधतासहितको सामाजिक सद्भाव र सहिष्णुता कायम गर्न धार्मिक सङ्घ, संस्थाहरूले पनि पहल गर्नुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो । एक धार्मिक समुदायका मानिसले अर्को समुदायमाथि आक्रमण गरिरहेका बेला उनले विविधताबीचको एकता, सहिष्णुता र सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ पार्ने काममा सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह गरे ।
शुक्रवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा विभिन्न धार्मिक सङ्घ, संस्थाका प्रतिनिधिहरूलाई बोलाएर उहाँले मुलुकमा नियोजित रूपमा धार्मिक समुदायबीच भिडाउने प्रयास गरे जो कोहीलाई पनि सरकारले नियन्त्रणमा लिने चेतावनी दिए । एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना वा घृणा फैल्याउने खालको अभिव्यक्तिहरू देखा परेकाले यस्ता घटनालाई नियन्त्रण गर्न सरकार दृढतापूर्वक अघि बढ्ने उपप्रधानमन्त्री श्रेष्ठको भनाई थियो ।
उनले भने ‘हाम्रो मुलुकको रक्षा गर्नु, एकतालाई सुदृढ गर्नका निम्ति पनि हामीले धार्मिक, सांस्कृतिक सद्भाव र सहिष्णुतालाई बलियो बनाउनुपर्ने हुन्छ । यसको रक्षा गर्नुपर्ने हुन्छ । त्यसकारणले गर्दाखेरी हामीले यसले बढी गर्यो, हामीले किन नगर्ने रु भनेर धार्मिक संस्थाहरूले सोच्नुहुन्न भन्ने मेरो अनुरोध छ । त्यसको जराको खोजी गर्नु वा संविधान र कानुन लागू गरेर पनि जति हदसम्म त्यसलाई हल गर्न सकिन्छ रु हल गर्नुपर्छ । त्यो गर्नु भनेर ध्यानाकर्षण गराउनु चाहिँ सही छ । तर धार्मिक संस्थाहरूले त भन्दा म के कम भन्न मिल्दैन । मेरो यो विनम्रतापूर्वक अनुरोध छ । हामीले विनम्रतापूर्वक विनयशीलतासहित हाम्रो धार्मिक आस्थाको रक्षा गर्नसक्छौं । त्यसरी मात्रै हामीले हाम्रो देशको यो मौलिक पहिचान, संस्कृति र विशेषताको रक्षा गर्नसक्छौं ।’
उनले धार्मिक, सांस्कृतिक र सहिष्णुताको रक्षा गर्दा धार्मिक संस्थाहरूलाई त भन्दा म के कम नभन्न आग्रह गरेका छन् । भने ‘त्यस निम्ति म विशेष अनुरोध गर्न चाहन्छु । जहाँसम्म धर्मकै पनि परिभाषा गरौँ है । अलि ठिक छैन कि भन्ने छ । अहिले त हामीले संविधानलाई लागू गर्ने हो, कानुनलाई लागू गर्ने हो । त्यो पनि विषय हुनसक्छ । छुट्टै छलफल विनम्रतापूर्वक गर्न सकिन्छ प्राज्ञिक, बौद्धिक छलफलहरू । त्यसैगरी अरू सुझावहरू पनि हामी दिनसक्छौं । तर, अहिले भने हाम्रो इतिहासदेखिको मौलिक पहिचानसहितको विशेषता छ कि हाम्रो विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको बीचको विविधता बीचको एकता, सद्भाव र सहिष्णुता, त्यसको रक्षा गर्नु चाहिँ हाम्रो परम कर्तव्य हो भन्ने हामीले ठान्नुपर्दछ । त्यसरी हामीले हाम्रो मुलुकको पनि रक्षा गर्नसक्छौं । त्यसरी जाँदा मात्रै मुलुकका पनि रक्षा गर्न सकिन्छ । नत्रभने विभिन्न कोणबाट हाम्रो मुलुकलाई कमजोर पार्ने षडयन्त्रहरू भए भने हामीले त्यसलाई परास्त गर्ने काममा हाम्रो ध्यान नगएको पनि ठहर्न सक्छ ।’
उनले मुलुकलाई कमजोर पार्ने षडयन्त्रहरू भए मुलुकको रक्षा गर्न ध्यान नदिएको ठहर्ने बताए ।
भन्छन् ‘अहिले नै हाम्रो मुलुकको रक्षामाथि कहीँबाट आक्रमण भयो भनेर हामीले सोचिहाल्नु पर्दैन । अहिलेको विश्वमा विभिन्न खालको प्रयत्नहरू भएपनि हाम्रो नेपालीहरूले, हाम्रो पुर्खाहरूले अरू सारा देश उपनिवेशवादको सिकार हुँदा पनि हाम्रो देशलाई भने, हाम्रो सार्वभौमिकता र स्वाधीनतालाई रक्षा गरिराखेका थिए । त्यस्तो देशको नागरिक र जनता हुन पाएकोमा हामी गौरव गर्छौँ । र, हाम्रो यहाँका जुनसुकै धार्मिक, सांस्कृतिक समुदायको भएपनि सबैको बीचमा प्रेम, स्नेह, सद्भाव, सहिष्णुता नै रही आएको छ । र, अव पनि हुनुपर्छ । यही अभियानलाई हामी सबै मिलेर अगाडि बढाऔँ । त्यसो गर्दाखेरी केही समययता जुन घटनाहरू भएका छन् । जहाँजहाँ संविधान र कानुनको कार्यान्वयनमा ध्यान दिनुपर्छ । त्यहाँ ध्यान दिइनेछ । तर म कुरो के भन्न चाहन्छु भने व्यक्तिको आस्था वा धर्मजस्तो संवेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल गर्न खोजेर हल हुँदैन । कहिलेकाहीँ त्यसले अलि जटिल पनि बनाउन सक्छ ।’ उनले धर्मजस्तो संवेदनशील विषयमा प्रशासनिक कोणबाट मात्रै हल गर्न खोज्दा जटिल बन्नसक्ने बताए ।
‘त्यसकारणले संविधान र कानुनको कार्यान्वयनको प्रक्रियालाई त हामी व्यवस्थित ढङ्गले अगाडि बढाउँछौँ नै । तर यो विविधताको बीच एकता, सहिष्णुता र सद्भावसहितको हाम्रो समाजको एकतालाई सुदृढ पार्ने काममा हामी सबैले जनचेतना जागृत गरेर, आ–आफ्नो ठाउँबाट भूमिका खेलेर, आपसी एकता र सद्भावलाई कसरी बलियो बनाउने भनेर जुटेर मात्रै सम्भव छ । त्यसकारण यस निम्ति म सबैलाई विशेष अपिल गर्न चाहन्छु । अरू कुराहरू तपाईँहरूका सुझावहरू जति सकारात्मक छन् । तिनीहरूलाई ध्यान दिइनेछ, दिइएको छ । र, छुट्टाछुट्टै पनि तपाईँहरूसँग छलफल गर्न सकिन्छ । तर देशलाई हामीले कुनै पनि कोणबाट अपरोमा प्रवेश गर्न दिनु हुँदैन । एक छिन त हामीलाई लाग्ला देखाइ दिऊँ । तर कसलाई देखाउने रु हाम्रो देश कमजोर भयो भने हामीले कसैलाई केही देखाउन सक्दैनौँ । त्यसैले यो बारेमा गम्भीर भइदिनु पर्यो । र, एकाध घटना केही समययता देखापरेका छन् । त्यसप्रति चाहिँ हामी गम्भीर छौँ । विभिन्न सङ्गठनहरूको नाममा आएका छन्, पर्चा आएका छन् । एकाध ठाउँमा अर्को धार्मिक समुदायमाथि आक्रमणका घटना वा घृणा फैल्याउने खालको अभिव्यक्तिहरू देखापरेका छन् । त्यो जोसुकै भएपनि सम्झाएर, बुझाएर हामीले रोक्नुपर्छ । र, त्यसरी हामी एकताबद्ध भएर यो अभियान चाल्दाखेरी त्यो रोकिन्छ । तर, त्यतिखेर पनि नियोजित रूपमा कहीँ कतैबाट तपाईँहरूले यहाँ सङ्केत गरेजस्तै त्यसप्रकारका गतिविधि गर्न खोजिएको हो भने हामी प्रशासनिक रूपमा पनि दृढतापूर्वक अघि बढ्छौँ ।’ उनले भने ।
उपप्रधानमन्त्री श्रेष्ठले सरकारले मुलुकमा सामाजिक सद्भाव बिथोल्ने खालका गतिविधिलाई सम्झाएर नियन्त्रणमा लिन चाहेको पनि दोहोर्याए ।
