सुन प्रकरणः उच्चस्तरीय छानविन आयोग गठन गर्न बैठक बस्दै

काठमाडौं । सुन प्रकरणबारे छानविनका लागि उच्चस्तरीय छानविन आयोग गठनबारे छलफल गर्न सरकारले प्रमुख दलका नेताहरुलाई बैठक बोलाएको छ ।

यसअघि भएको सहमतिअनुसार पाँच बजे बस्ने बैठकमा आयोग गठनको लागि कार्यदल बनाउनेबारे छलफल हुने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले बताए ।

अहिले उपप्रधान तथा गृहमन्त्री नाराकायणकाजी श्रेष्ठ आन्दोलनरत शिक्षकहरुसँग वार्तामा छन्। यो वार्तापछि आयोग गठनबारे छलफल गर्नको लागि प्रमुख दलका नेताहरुबीच बैठक बस्ने तयारी छ ।

यसअघि प्रमुख दलहरुबीच सुन प्रकरणमा सीआईबीको अनुसन्धानपछि आजैबाट आयोग गठन प्रक्रिया थाल्ने सहमति भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *