विपक्षी दलका नेतालाई पक्राउ गर्न द.कोरिया संसदको अनुमोदन

सिन्ह्वा । दक्षिण कोरियाको संसदले विपक्षी दलका नेतालाई पक्राउ गर्न अनुमोदन गरेको छ ।

बिहीबार बसेको संसदको बैठकले मुख्य विपक्षी डेमोक्रेटिक पार्टीका प्रमुख ली ले म्युङलाई गिरफ्तार गर्न माग गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो । प्रस्तावबारे मतदान गरिएको थियो ।

जसमा १४९, विपक्षमा १३६ र ६ वटा मत अनुपस्थित तथा चार अण्डर भोट थिए । अभियोजन पक्षले यस हप्ताको सुरुमा विश्वासको उल्लंघन र घुसखोरी सहितको आरोपमा पक्राउ पुर्जी मागेको थियो ।

राष्ट्रिय सभाको अधिवेशन चलिरहेको अवस्थामा वर्तमान सांसदलाई पक्राउ गर्न कानुनी व्यवस्था छ । सांसदहरूले सहमति जनाएपछि मात्रै थुनामा राख्न सकिन्छ । २९८ सदस्यीय विधानसभामा डेमोक्रेटिक पार्टीको १६८ छ ।

दक्षिण कोरियाली सरकारले जापानको रेडियोधर्मी विकिरणबाट उत्पन्न फोहोर पानीलाई समुन्द्रमा फाल्ने समर्थन गरेको लगायत सरकारी नीतिहरूको विरोध गर्दै ली करिब तीन हप्ता यता अनशनमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *