काठमाडौंको बानेश्वरमा मल्टिब्राण्ड क्लोथिङ स्टोर सञ्चालनमा

काठमाडौं । नेपाली ५ गार्मेन्ट सञ्चालकहरुको संयुक्त लगानीमा काठमाडौंको बानेश्वरमा मल्टिब्राण्ड क्लोथिङ स्टोरसञ्चालनमा आएको छ ।

नेपाली ब्राण्डका कपडालाई प्रोत्साहन गर्ने उद्देश्यले ६ नेपाली ब्राण्डका गर्मेन्ट सञ्चालकले शुक्रवारदेखि स्टोर सञ्चालनमा ल्याएका हुन् । नेपाली उद्योगबाट उत्पादन भएका कपडाहरुलाई उद्योगबाट सिधै उपभोक्तासम्म पु¥याउने उद्देश्यले मल्टिब्राण्ड क्लोथिङ स्टोर शुरुवात गरेका छन् ।

उद्योगहरुबाट ब्राण्डिङ गरेर नेपाली कपडाहरु उपभोक्ताहरु माझमा पु¥याउने उद्देश्यले मल्टिब्राण्ड नेपाल मै उत्पादित कपडा पसल सञ्चालनमा आएको छ ।

मल्टिब्राण्ड कपडा स्टोरमा नेपाली कपडा गार्मेन्टका रुपमा स्थापित स्टोरमा याक एनड नेक, भर्जिन, गोफी, ट्याग, फ्रिडमर र केके ब्राण्डका ब्राण्डका महिला,पुरुष र बच्चाका कपडाहरु एकै ठाउँमा पाइने भएको छ ।

मल्टिब्राण्ड कपडा स्टोरका सञ्चालक तथा तयारी पोशाक व्यवसायी राजकुमार कार्कीले स्वदेशी उत्पादनको प्रयोग र राष्ट्र निर्माणमा सहयोग गर्ने उद्देश्यले तयारी पोशाक व्यवसायीहरुले संयुक्त लगानीमा स्टोर सञ्चालनमा ल्याएको बताए ।उनले पाँच वटा फरक–फरक रजिस्टेड ब्राण्डका ट्रेड मार्क सहितको मल्टिब्राण्ड कपडा स्टोरको रुपमा शुरुवात गरिएको बताए । उनले तयारी पोशाक व्यवसायीहरुको चाहना उत्पादन वृद्धि गरी समृद्धि नेपाल निर्माण गर्ने भएको बताए ।

उनले पछिल्लो समय नेपाली उत्पादनका वस्तु भन्दा पनि विदेशी वस्तुहरुको महत्व बढ्दै गएको भन्दै अब विदेशी भन्दा पनि नेपाली ब्राण्डलाई प्राथमिकता दिन आवश्यक रहेको बताए ।

उनले मल्टिब्राण्ड स्टोरमा करिव २० लाख भन्दा बढी लगानी लागेको बताए । उनले स्टोरमा पाउने नेपाली उत्पादनका कपडाहरु विदेशी ब्राण्ड भन्दा कमजोर नभएको दाबी गरे । उनले विदेशी ब्राण्डका कपडाहरु भन्दा नेपाली उद्योगमा उत्पादन भएका कपडाहरु ३५ प्रतिशत सस्तोमा पाउन सकिने बताए ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले गुणस्तरीय नेपाली ब्राण्डका कपडाहरु एउटै स्टारमा सस्तो मूल्यमा दिने प्रयासले मल्टिब्राण्ड कपडा स्टोर सञ्चालनमा आएको बताए ।

उनले यसले भविष्यमा नेपाली ब्राण्डका कपडाहरु निर्यात र मुलुकभित्रै खपत गरी मुलुकको अर्थतन्त्रमा थप सहयोग पु¥याउन मद्दत गर्ने बताए । उनले विगतमा उद्योगमा अर्डर आएको आधारमा नेपाली उत्पादित कपडाहरु बजारमा गएको तर अब कम्पनीहरुको आफ्नै स्टोरबाट उपभोक्तामा पु¥याउने अभियान शुरुवात भएको बताए ।

उनले नेपालमा कपडाको वार्षिक ३ खर्बको माग रहेको भन्दै मुलुकको आयात प्रतिस्थापन गर्नको लागि पनि नेपाली ब्राण्डका कपडाहरुलाई नेपाल भित्रै खपत गराउने उद्देश्यले आफू लागेको बताए ।

नेपालमा गार्मेन्ट उद्योगले सबैभन्दा बढी रोजगारी दिएको र अर्थतन्त्रमा सबैभन्दा बढी भ्यालु एडिसन समेत गरेकाले यसलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।

उनले विदेश निर्यात गरिरहेका नेपाली कपडा नेपालमा नै खपत गरेर मात्रै विदेशमा निर्यात गर्नुपर्ने बताए । उनले हामीले नेपालीले नेपाललाई माया गर्छौं भन्ने मात्रै नभएर नेपाली खाना,नेपाली उत्पादन लगाउन आवश्यक रहेको बताए ।

त्यस्तै मल्टिब्राण्ड कपडा स्टोर स्ञचालक मुना थापाले मल्टिब्राण्ड कपडा स्टोरमा नेपालीहरुको स्ट्रक्चर अनुसन्धान गरेर नेपालीहरुलाई सुहाउने कपडाहरु डिजाइन गरेर बनाएका कपडाहरु पाउने बताइन् ।

उनले विदेशी ब्राण्डका कपडाहरु लगाउँदा विदेशी फिगरहरुसँग म्याच हुने गरेको तर नेपाली ब्राण्डका कपडाहरुमा नेपाली फिगरलाई सुहाँउदा कपडा बनाएको बताइन् ।

त्यस्तै,नेपाली स्थानीय तयारी पोशाक संघका अध्यक्ष किशोर नेपालले उद्योगबाट उत्पादन भएका कपडाहरुलाई उद्योगबाट सिधै उपभोक्तासम्म पु¥याउने उदेश्यले मल्टिब्राण्ड कपडा पसलको शुरुवात गरेको बताइन् ।

उनले उद्योगहरुबाट ब्राण्डिङ गरेर नेपाली कपडाहरु उपभोक्ताहरु माझमा पु¥याउने उद्देश्यले मल्टिब्राण्ड नेपाल मै उत्पादित कपडा पसल सञ्चालनमा ल्याएको बताइन् ।

उनले मल्टिब्राण्ड स्टोर बिस्तारै नेपालका मुख्य शहरहरुमा पु¥याउने उद्देश्य रहेको बताइन् । त्यस्तै,फन्कामा गार्मेन्टका निर्देशक सुमित प्रधानले पाँच वटा ब्राण्ड मिलेर एउटै छानामुनी पाँच ब्राण्डका गुणस्तरिय कपडाहरु उपभोक्ताहरुलाई पु¥याउँदा बजारको महँगीमा कमी आउने बताइन् ।

उनले अब आम उपभोक्ताहरुले पनि कपडाका विदेशी भन्दा पनि नेपाली ब्राण्डलाई प्राथमिकता दिन आवश्यक रहेको बताइन् ।

मल्टिब्राण्ड कपडा स्टोर नेपाली कपडा गार्मेन्टमा उत्पादन भएका गुणस्तरिय कपडाहरु पाइने व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय नेपालीहरुमा विदेशी ब्राण्डका कपडाहरुको लोकप्रियता बढ्दै गएकाले नेपाली ब्राण्डका कपडा लगाउने बानी बसाउन आवश्यक रहेको छ ।

मल्टिब्राण्ड स्टोरले नेपाली उत्पादन लगाउन चाहने आम नेपालीहरुको चाहना पूरा गर्ने उद्देश्यले शुरुवात भएको छ ।

स्टोरमा सिधै फ्याक्ट्रीबाट सामान ल्याइने भएकाले ग्राहकले सस्तोमा राम्रो गुणस्तरका कपडा पाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *