जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

डडेल्धुरा । पर्शुराम नगरपालिका–४ कटाल बस्ने टेक बहादुर बोहराको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका९४ बस्ने ५२ वर्षीय करन देब ओझा समेत ६ जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बोहराको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार ५ सय १५ र ३ गड्डी ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *