करेन्ट लागेर ८१ वर्षीय वृद्धको मृत्यु

२०८० असोज ५ गते

रुपन्देही । सैनामैना नगरपालिका ११ ओखडा बस्ने ८१ वर्षीय पूर्ण भद्र रेग्मीको करेन्ट लागेर शुक्रवार बिहान मृत्यु भएको छ ।
आफ्नै गोठमा काम गर्ने क्रममा बिद्युत्को तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२०८० असोज ५ गते
प्रतिक्रिया
सम्बन्धित