तत्काल सन्यास लिन्न, विश्वकप जित्दा पीएसजीले सम्मान गरेनः मेस्सी

एजेन्सी । लियोनल मेस्सीले अर्जेन्टिनाबाट विश्वकप जित्दा पेरिस सेन्ट जर्मेन पीएसजीले आफूलाई सम्मान नगरेको बताएका छन् । अर्जेन्टिना टिमका खेलाडीलाई उनीहरू आबद्ध सबै क्लबले सम्मान गरे पनि आफूलाई सो सम्मान पीएसजीले नदिएको मेस्सीले बताए ।

मेस्सीले विश्वकपको फाइनलमा दुई गोल गरेका थिए । साथै पेनाल्टी सुट आउटमा अर्जेन्टिनाले ४–२ को जित निकाल्दा मेस्सीले समेत गोल गरेका थिए । फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले कतार विश्वकप फुटबलको उपाधि जितेको थियो ।

‘म ती २५ मध्य एक मात्र खेलाडी थिए । जसलाई क्लबले सम्मान गरेन ।’ मेस्सीले पछिल्लो एक अन्तरवर्तामा भनेका छन् ।

‘म बुझ्छु, हाम्रै कारण हुनुपर्छ । उनीहरूले ९फ्रान्स०ले उपाधि रक्षा गर्न पाएनन् ।’ उनले थपे ।

गत जुनमा सम्झौता सकिएपछि मेस्सीले पीएसजी छाडेका थिए । उनले पीएसजीको बसाई सुखद रहन नसकेको बताए । उनले प्रशंसकको एउटा समूहसँगको मतभेदका कारण फ्रान्स बसाई कठिन बनेको उल्लेख गरे ।

मेस्सीले अमेरिकाको इन्टर मियामीमा मज्जा लिई रहेको बताएका छन् ।

‘म जे गर्छु, प्रेमले गर्छु । म खेल्न मन पराउँछु । र अहिले यो फरक तरिकाबाट भैरहेको छ । मियामी आउने निर्णय लिनुको कारण खास यो पनि हो । सोही कारण अरू ठाउँमा मैले निरन्तरता दिईन । यसलाई फरक तरिकाले अनुभव गर्न खोजिरहेको छु ।’

मेस्सीको मियामीसँगको सम्झौता सन् २०२५ को डिसेम्बरसम्म छ । उनले तत्काल सन्यासको विषयमा नसोचेको समेत बताएका छन् ।

‘मैले सन्यासको विषयमा सोचेको छैन । म यो सोच्न पनि चाहन्न । म यसलाई निरन्तरताका साथ मजा लिन चाहन्छु । मैले युरोप छाड्ने महत्त्वपूर्ण निर्णय लिए र यहाँ आएको छु । म अर्को कदमको विषयमा सोच्न चाहन्न ।’ मेस्सीले भने ।

मेस्सीले सन् २०२४ को कोपा अमेरिका खेल्ने समेत पक्का गरेका छन् । उनले सन् २०२६ को विश्वकपको विषयमा भने अनभिज्ञता देखाएका छन् । कोपा अमेरिका अमेरिकाले सन् २०२४ मा आयोजना गर्दैछ ।

सन् २०२६ मा अमेरिकाले क्यानडा र मेक्सिकोसँग मिलेर विश्वकप आयोजना गर्दैछ । त्यसैको तयारी स्वरूप अमेरिकाले कोपा अमेरिका आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *