शिक्षक आन्दोलन

तिम्लाई कसले पढायो ? हामीजस्ता गुरुले, मन्त्री कसले बनायो ? हामीजस्ता गुरुले (तस्बिरहरू)

काठमाडौँ । नेपाल शिक्षक महासङ्घ नेपालले आयोजना गरेको विरोध कार्यक्रममा शिक्षकहरू गीत गुनगुनाउँदै माइतीघरमा नाचगान तथा देउडामा रमाएका छन् ।

उनीहरूले तिमीलाई कसले पढायो, मन्त्री कसले बनायो ? भनेर सरकारलाई प्रश्न समेत गरेका छन् ।

शिक्षकहरूले नै मन्त्री बनाएको र मन्त्री पदबाट पनि आफूहरूले रिक्त गर्न सक्ने भन्दै गीत गाएर प्रदर्शन गरेका हुन् ।

उनीहरूले गीतको माध्यमबाट शिक्षकहरूको सम्मान गर्न भनेका छन् ।

उनीहरूले विरोध जनाएको आज तेस्रो दिन हो ।

संघीय संसद्‌मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेको थियो ।

यस्तो छ शिक्षकको विरोध नारा

तिम्लाई कसले पढायो ?, हामीजस्ता गुरुले
मन्त्री कसले बनायो ?, हामीजस्ता गुरुले
मन्त्री कसले फुस्काउँछ ?, हामीजस्तै गुरुले

गुरुको सम्मान गर, जय गुरु ।

तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *