इजिप्टद्वारा विश्व बैंकबाट ४ सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत

काठमाडौँ । इजिप्टले लजिस्टिक्स परियोजनाका लागि विश्व बैंकबाट ४ सय मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले बिहीवार ४ सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने बताएका हुन् ।

काइरो र अलेक्जान्ड्रियाबीच व्यापार वृद्धि गर्ने उद्देश्यले यो परियोजनाका लागि विश्व बैंकबाट सो ऋण लिइएको हो । परियोजनामा रेल्वे क्षेत्रको नविकरण, परियोजना कार्यान्वयन, निजी क्षेत्रको सहभागिता, रेल्वे क्षेत्र सुधार र इजिप्टको रेल्वे पूर्वाधारका लागि प्रयोग हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *