मानवले जलवायुमा नरकको ढोका खोलेको छ: गुटेरेस

सिन्ह्वा । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले मानवले जलवायुमा नरकको ढोका खोलेको बताएका छन् ।

महासभाको उच्चस्तरीय सप्ताहमा आयोजित जलवायु महत्वाकांक्षा शिखर सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले मानवले नरकको ढोका खोलिदिएको र भयावह गर्मीले त्यसको प्रभाव बढाइरहेको बताए ।

बाढीले बाली बगाउँदा किसानहरू विचलित भएको, बढ्दो तापक्रमले रोग फैलिरहेको, डढेका कारण हजारौँ मानिस र धनको क्षति हुनु पनि जलवायु परिवर्तनको असर रहेको बताए । यसमा केही पनि न्यूनीकरण नगरे संसार २।८ डिग्री तापक्रमतर्फ जाने खतरा रहेको चेतावनी दिए ।

उनले विश्वव्यापी तापक्रम वृद्धिलाई १।५ डिग्रीमा सीमित गर्न आह्वान गरे ।

उनले सबै पक्षले यसमा गम्भीर भएर सोच्नुपर्ने बताए । उनले विकसित देशले विकासशील देशलाई सय बिलियन अमेरिकी डलर दिने प्रतिबद्धता पूरा गर्नुपर्ने बताए ।

शक्तिशाली देशले दिएको अस्पष्ट वाचाले जनतालाई धोका दिने काम भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *