गाजाका एक हजार १ सय मिर्गौला रोगीलाई औषधि अभाव

एजेन्सी । एक हजार एक सय प्यालेस्टाइनी नागरिक मिर्गौला बिरामीहरूलाई गाजामा औषधि र चिकित्सा उपकरणको अभाव भएको छ ।

कोस्टल एन्क्लेभमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयको फार्मेसी विभागका निर्देशक अशरफ अबु महदीले बिरामीहरूमा डायलासिस सत्रको पहुँचबाट वञ्चित हुने खतरामा रहेका ३८ जना बालबालिका रहेको बताएका हुन ।

उनले मिर्गौला फेल भएका बिरामीहरूले डायलासिस सेवा पूर्ण रूपमा बन्द भएसँगै उपचार कठिन भएको बताए ।

गाजामा अस्पतालहरूले प्रतिमहिना बिरामीहरूको लागि १३ हजार डायलासिस सत्रहरू प्रदान गरिन्छ ।

इजरायलले गाजापट्टीमा कडा नाकाबन्दी गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *