३६ जिल्ला न्यायाधीश नियुक्त

न्यायपरिषद्को आजको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ।

परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले ३६ जनालाई नियुक्त गर्ने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।

लोकसेवा आयोगले लिएको परीक्षामा पारसमणि पोखरेलले मात्र नाम निकालेका थिए।

जेयष्ठता, योग्यता र कार्यक्षमता मूल्यांकनको आधारमा ७ जना, आन्तरिक खुला र खुला प्रतियोगितात्मक परीक्षाबाट एक जना, आन्तरिक खुला र खुला प्रतियोगितात्मक परीक्षाबाट पूर्ति हुन नसकेको पदमा २८ जना न्यायाधीश नियुक्त भएका हुन्।

साथै, परिषद्को बैठकले आजै १९ जना न्यायाधीशको सरुवा गरेको छ। उच्च अदालतका एक र जिल्ला अदालतका १८ न्यायाधीशको सरुवा तथा पदस्थापन गरिएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *