७७ घण्टा महानगरपालिका अगाडि उभिएर आन्दोलन (तस्बिरहरू)

२०८० असोज २ गते

काठमाडौँ । काठमाडौं महानगर विरुद्ध चमेली समूह अभियान सुरु गर्ने स्वतन्त्र युवाहरू मध्य इहि र सौरभ न्यौपाने ७७ घण्टा महानगरपालिका अगाडि उभिएर आन्दोलन गर्ने भएका छन् ।
फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै सामाजिक अभियन्ता इहिले आन्दोलन थालेका छन्।
उनी काठमाडौं महानगरपालिकाको कार्यालयअघि ७७ घण्टासम्म उभिने भएका छन्। मङ्गलवार दिउँसो १ बजेदेखि उनी राष्ट्रिय सभा गृहअगाडि छन् ।
इहिले शुक्रवार साँझ ६ सम्म महानगरपालिका अगाडि यसरी नै उभिने बताएका छन् ।
हेर्नुहोस् तस्बिरहरू :

२०८० असोज २ गते
प्रतिक्रिया
सम्बन्धित