कान्तिपुर मलको दशैँ–तिहार लक्षित उपहार योजना सार्वजनिक

२०८० भदौ ३१ गते

काठमाडौं । कान्तिपुर मलले दशैँ–तिहार लक्षित उपहार योजना सार्वजनिक गरेको छ ।
आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गदै मलले दशैँ–तिहार लक्षित कान्तिपुर मल दशैँ तिहार उपहार योजना–२०८० सार्वजनिक गरेको हो ।
मलका महाप्रवन्धक अमर निरौलाले नयाँ बसपार्कका यात्रुहरुलाई लक्षित गरी यो योजना ल्याएको बताए ।
उनले मलमा ग्राहकहरुले एक हजार भन्दा बढी मूल्यको सामग्री खरिद गरे १५० सिसिको यमाहा मोटरसाइकल,स्कुटर,स्मार्ट एलइडी टिभी र फ्रिज उपहार रहेको उल्लेख गरे ।

२०८० भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित