टर्कीद्वारा पीकेके लक्षित दुई हवाई आक्रमण

सिन्ह्वा । टर्की सेनाले उत्तरी इराकमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लक्षित दुई हवाई आक्रमण गरेको छ ।

प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का नेताहरू लुकेको स्थानलाई लक्षित गरी आक्रमण गरिएको हो । जुन ३१ ठाउँमा रहेको बताइएको छ । गुफा, केही घरहरू मुख्य लक्ष्य राखिएको बताइएको छ ।

टर्कीका सुरक्षा बलहरू प्रायः उत्तरी इराकमा सीमापार कारबाही अभियानमा लागेका छन् । यो क्षेत्र लडाकुहरू लुक्ने ठाउँ रहेको बताइएको छ । जहाँबाट उनीहरू टर्कीविरुद्ध आक्रमण गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *