आवश्यक परे टर्की इयुबाट अलग हुनसक्छ : एर्दोगान

काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आवश्यक परे टर्की युरोपियन युनियन (इयु) बाट अलग हुनसक्ने बताएका छन् । उनले आफूहरु आवश्यक परेमा युरोपेली ब्लकमा सामेल हुने प्रयास अन्त्य गर्ने बताएका हुन् ।

उनले युरोपियन युनियनले टर्कीसँग सम्बन्ध टुटाउन प्रयास गरिरहेको भन्दै आवश्यक भए यसमा मूल्यांकन गरेर आफूहरु इयुबाट अलग हुने बताए । संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा भग लिन न्युयोर्क प्रस्थान गर्नुपूर्व इस्तानाबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले टर्कीले युरोपेली संसदले अपनाएको हालै सार्वजनिक प्रतिवेदन आफैँ मूल्यांकन गर्ने बताए । इयुले कानूनको मस्यौदा मात्रैले नपुग्ने भन्दै मस्यौदाको कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *