चिकित्सकको आन्दोलनले बिरामीको बिचल्ली (तस्बिरहरू)

२०८० भदौ ३१ गते

काठमाडौं । चिकित्सकहरुले देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामी मर्कामा परेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा सेवा ठप्प पार्दा बिरामी मर्कामा परेका हुन् ।
उनीहरुले ओपीडी सेवा बन्द गरेका कारण नयाँ र फलोअपका लागि अस्पताल जानुपर्ने बिरामीहरु उपचार सेवा पाउनबाट बन्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
सेवा बन्द गरे हुँदा सामान्य ओपिडि लगायतमा उपचार गर्न आउनेहरु बिचल्लीमा परेका छन् । विशेषगरि टाढाबाट आएका बिरामीहरू मारमा परेका हुन् ।

२०८० भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित