पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो, के मा कति ?

२०८० भदौ २९ गते

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ।
शुक्रबार (आज) मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ र तथा डिजेल र मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार मूल्यवृद्धि गरिएको निगमले बताएको छ।
अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मुल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज र नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।
सरकारले यसअघि पनि मुल्य बढाएको थियो।

२०८० भदौ २९ गते
प्रतिक्रिया
सम्बन्धित