१४ दिनको शिशु हत्याको आरोपमा बाबु पक्राउ

२०८० जेठ २४ गते

आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका अभियुक्त बारा देवताल गाउँपालिका-४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै १४ दिनको छोराको यही जेठ १४ गते हत्या गरी फरार रहेका अंसारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं चन्द्रागिरी नगरपालिका-१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ।

२०८० जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित