टेकु अस्पतालमा नर्सका पति मृत फेला

२०८० जेठ २४ गते

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नर्सिङ क्वार्टरमा एक जना नर्सका श्रीमान् मृत अवस्थामा फेला परेका छन् ।
नर्स नर्वदा शर्माका श्रीमान् दधिराम भण्डारी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताए ।
उनका अनुसार भण्डारी सरस्वती कलेजमा कार्यरत कर्मचारी हुन् ।
पहिले क्वार्टरमै बसेका शर्मा दम्पत्तिले पछिल्लो समय छुट्टै डेरा लिएका थिए। नर्स शर्मालाई डेराबाट कार्यालय पुर्याउन दधिराम जान्थे।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

२०८० जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित