नक्कली शरणार्थी प्रकरण : बयानमा तानीएका ‘भीआईपी’माथी अनुसन्धान गर्न इजलासमा माग

नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार सरकारी वकिल र जाहेरवालाका वकिलको बहस सकिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन दिन सरकारी वकिल र जाहेरवालाका वकिलले बहस गरेका हुन्।

जाहेरवाला पक्षबाट ६ जना वकिलले बहस गरे।बहसका क्रममा जाहेरवालाको वकिलले प्रतिवादीले बयानका क्रममा नाम लिएका अरु प्रतिवादीलाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन्।

अधिवक्ताहरू सुशिल शर्मा सापकोटा, दीपकराज रेग्मी, स्वागत नेपाल, हरिप्रसाद खरेल, राधिका चौलागाईं र वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले जाहेरवालाको तर्फबाट बहस गरेका थिए।

बहसका क्रममा अधिवक्ता हरिप्रसाद कट्टेलले यस प्रकरणमा बयानमा पोलिएका व्यक्तिहरूमाथि अनुसन्धान गर्न अदालतले आदेश दिनुपर्ने माग गरे।

उनले यसअघि नै जिल्ला अदालतले नै एउटा ठगी मुद्दामा अदालतले थप व्यक्तिलाई प्रतिवादी बनाउन आदेश दिएको उदारण दिए।

प्रतिवादीहरू सानु भण्डारी, केशव दुलाल र टेकनाथ रिजालले अजयक्रान्ति शाक्य, आरणु राणा, मञ्जु खाण, बेचन झा, प्रधानमन्त्री प्रचण्ड, केपी शर्मा ओली, प्रेमकुमार राई लगायत सबैलाई पोलेको बताउँदै उनले अनुसन्धानमा तान्न माग गरे।

टेकनाथ रिजालले बयानमा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा र प्रचण्डलाई निवासमै गएर टोपबहादुर रायमाझीले भेटाएको बताएका छन्।

अब बुधबारदेखि प्रतिवादी तर्फका वकिलहरूले बहस गर्ने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *