कसैको विरोध गर्दैमा पार्टी ठूलो बन्दैन– सभापति देउवा

२०८० जेठ २० गते

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको विरोध गर्दैमा पार्टी ठूलो नबन्ने बताएका छन्।
शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने बताएका हुन्।
उनले पार्टीको लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे। उनले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्ने बताए।
‘गाली गरेर केही हुनेवाला छैन। काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस्। विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो। जनतामा जानुपर्छ। जनतामा जाने हो। गाली गरेर कहाँ पार्टी बन्छ,’ उनले भने।

२०८० जेठ २० गते
प्रतिक्रिया
सम्बन्धित