ओडिशामा भयानक रेल दुर्घटना : अहिलेसम्म २०७ जना मृत्यु, ९ सयभन्दा बढी घाइते

काठमाडौँ । भारतको ओडिशाको बालासोरमा शुक्रबार साँझ भएको रेल दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी यात्रु घाइते भएका छन् । दुर्घटना बालासोरको बहंगा बजार स्टेशन नजिकै साँझ ७ बजे भएको हो ।

भारतीय पत्रिका दैनिक भास्करकाअनुसार कोलकाताबाट चेन्नई जाँदै गरेको कोरोमण्डल एक्सप्रेस र यशवंतपुर-हावडा एक्सप्रेस बहनगा नजिक पटरीबाट खसेका थिए । त्यसपछि कोरोमण्डल ट्रेलसँग मालगाडी ठोक्किएको थियो ।

एक रेल अधिकारीले पहिले यशवंतपुर-हावडा एक्सप्रेस पटरीबाट खसेको, यसका केही डिब्बा अर्को ट्र्याकमा पल्टिएर अर्कोतर्फबाट आउँदै गरेको शालिमार-चेन्नई कोरोमण्डल एक्सप्रेससँग ठोक्किएको बताएका छन् । यसपछि कोरोमण्डल ट्रेनका केही बोगी पनि पटरीबाट खसेका थिए । यी बोगीहरू अर्को ट्र्याकमा रहेको मालगाडीसँग ठोक्किएका थिए । केही बोगी मालगाडीको माथि चढेका थिए ।

ओडिशाका मुख्यमन्त्री नविन पटनायकले दुर्घटनाप्रति दुख व्यक्त गर्दै आज पुरै राज्यमा शोकको घोषणा गरेका छन् । अहिले पनि दुर्घटनाको राहत र उद्धारको काम जारी रहेको भारतयि सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *