गान्धीको समाधिस्थलमा पुष्पकमलद्वारा पुष्पगुच्छा अर्पण (तस्बिरहरू)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन् । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार बिहान राजघाट पुगेर समाधिस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका हुन् ।

पुष्पगुच्छा अर्पणपछि हैदरावाद हाउसको निलगिरी कक्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने तालिका छ । दुई प्रधानमन्त्रीबीच आधा घण्टा वन टु वन कुराकानी हुनेछ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलसहित दुईपक्षीय छलफल हुनेछ ।

दुवै प्रधानमन्त्रीले केही आयोजनाको संयुक्त उद्घाटन गर्नेछन् । भारतसँग दीर्घकालीन ऊर्जा व्यापार, बंगलादेशसँगको विद्युत् व्यापारमा प्रसारण लाइनको अनुमति र नेपालले पाउनुपर्ने हवाई रुटका विषयमा समझदारीहरू हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *