यस्तो देखियो नवनियुक्त सांसद कंसाकारको शपथ कार्यक्रम (तस्बिरहरु)

२०८० जेठ १५ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसदमा नियुक्त भएकी विन्दवासिनी कंसाकारले शपथ ग्रहण गरेकी छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलेले कंसाकारलाई शपथ ग्रहण गराएका हुन् । रास्वपाबाट समानुपातिक सांसद रहेका ढाकाकुमार श्रेष्ठले अवैध रुपमा पैसा मागेको भनिएको अडिओ सार्वजनिक भएपछि उक्त विवादमा पाटीले ढाकालाई कारवाही गरी पार्टीबाट निस्कासित गरेको थियो । पार्टीको कारवाहीसँग ढाकाको सांसद पद खारेज हुँदा उक्त पद रिक्त भएको थियो । त्यही रिक्त स्थानमा रास्वपाले कंसाकारलाई सांसद बनाएको हो ।
तस्बिरहरु

२०८० जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित