रेशमको रिहाइपछि समर्थकहरू: भूमिपुत्रको जित भयो

काठमाडौँ । कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरू खुसी देखिएका छन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र दिवसका अवसरमा आममाफी पाइ रिहा भएसँगै उनका समर्थकहरू उनको स्वागतका लागि कारागारमा नै पुगेका थिए । चौधरीले रिहा भएसँगै मन्त्री क्वार्टर र त्यहाँबाट माइतीघरमा आइ आफ्ना समर्थकहरूसँग भेट गरेका छन् । माइतीघर मण्डलामा पनि उनलाई स्वागत गर्नेहरूको भीड देखिन्थ्यो ।

स्वागत र समर्थनमा माइतीघर मण्डलामा पुग्नुभएका देवराज लामाले टिकापुर घटनाका वास्तविक अपराधीहरूलाई उम्काइएको र निर्दोषलाई फसाइएको बताए । चौधरी घटनास्थलमा पनि नभएको र निर्देशन पनि नदिएको भन्दै उनले अहिलेसम्म पनि टिकापुर घटनाका वास्तविक दोषीहरूलाई पक्राउ नगरिएको बताए । उनले आफूहरू अहिले पनि छानबिन गर्न तयार रहेको भन्दै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरे ।

उनले भने, ‘टिकापुर घटनाका वास्तविक अपराधीहरूलाई उम्काइएको छ । उहाँ घटनास्थलमा हुनुहुँदैन थियो । उहाँले निर्देशन पनि दिनुभएको होइन, अहिलेसम्म पनि टिकापुर घटनाका दोषीहरू समातिएका छैनन् । अहिले पनि छानबिन गरौँ, हामी अहिले पनि भनिरहेका छौँ लाल आयोग, संसदीय सुनुवाइमा आयोगहरूको प्रतिवेदन सार्वजनिक गरौँ न सबै थाहा हुन्छ । उहाँ निर्दोष हुनुहुन्छ ।’स

मर्थकहरुले विरोधका लागि विरोध गर्ने संस्कृति बढिरहेको भन्दै राज्यले भूमिपुत्रलाई जिताएको बताए । रेशम चौधरी रिहा हुनु लोकतन्त्र, पहिचानवादीको जित भएको उनीहरूको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *