फोहोरका कारण नदी प्रदूषित भएको भन्दै पानी बोतलमा ल्याएर धर्ना (तस्बिरहरू)

काठमाडौँ । १० दिन पैदल हिँडेर पर्सा बाट ३१ जनाको टोली हिजो काठमाडौँ आइपुगेका छन् । औद्योगिक कोरिडोरका उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै उनीहरूले धर्ना दिएका हुन् ।

बासमा २ ओटा बोतल झुन्डाएर , बोतल भित्र सिर्सिया नदिको कालो पानी बोकेर उनीहरू आएका छन् । बारा औद्योगिक कोरिडोरका उद्योगबाट निस्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै आएको भन्दै नदीलाई प्रदूषणमुक्त बनाउन धर्ना दिएको बताउँछन् । धर्ना दिन आएका टोली आज माइतिघर आइपुगेका छन्।

आज माइतिघरमा उही बोतल र बास सङगै उनीहरू धर्ना दिएर बसिरहेका छन्। माग पुरा नहुन्जेल उनीहरू नहट्ने उनीहरू बताउँछन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *