दर्ता भयो नेपालको उत्पादन ‘यात्री’ मोटरसाइकल

काठमाडौँ । नेपालमै उत्पादन भएको पहिलो विद्युतीय मोटरसाइकल यात्री औपचारिक रूपमा पहिलो पटक दर्ता भएको छ । यात्री मोटरसाइकल सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै दर्ता भएर यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको हो ।

यसअघि कानुनमा नेपालमा उत्पादन भएका सवारी साधन दर्ता गर्ने कानुनको अभावमा यातायात कार्यालयमा दर्ता हुन नसक्दा सरकारको आलोचना भएको थियो । संसद्मा समेत यस विषयमा कुरा उठेपछि सरकारले फास्ट ट्रयाकमा कानुन संशोधन गर्दै नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता हुने प्रक्रिया सुरु गरेको हो ।

पहिलो नम्बर प्लेट कम्पनीकै नाममा जारी भएकोमा अब क्रमशः विक्री भएका मोटरसाइकलहरूको समेत दर्ता हुने र नम्बर प्लेट दिन बाटो खुलेको छ । सन् २०१७ मा कम्पनी स्थापना गरी २०२१ देखि मोटरसाइकल उत्पादन थालेको यात्रीले पहिलोपटक आधिकारिकता पाएको छ ।

प्रतिक्रिया

One thought on “दर्ता भयो नेपालको उत्पादन ‘यात्री’ मोटरसाइकल

  1. अब नेपालमा उत्पादन भएको सवारी साधन चढ्न पाउने भैयो।सरल र सुफत मुल्यमा पाईयोस।यो उत्पादन ले नेपाल मा रोजगारी को व्यवस्था हुनेछ।आफ्नो देशको उत्पादन आफ्नो देशको लगानी आफ्नो देशको आर्थिक वृद्धि खुसी लागेको छ।

Leave a Reply to dp raju Kharel Cancel reply

Your email address will not be published. Required fields are marked *