जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले अदालत प्रशासनको निर्णय खारेज गर्दै रिट दर्ता गर्न आदेश दिएको हो।

जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्र राज आरणलगायतले रिट दायर गरेका थिए । तर, अदालत प्रशासनले रिटलाई दरपिठ गरिदिएको थियो ।

सर्वोच्च प्रशासनले बिदा दिने वा कुनै उत्सव मनाउने/नमनाउने निर्णय गर्ने अधिकार सरकारको भएको भन्दै रिट दर्ता गर्न अस्वीकार गरेको थियो । तर न्यायाधीशले दर्ता गर्न आदेश दिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *