भीरबाट लडेर २३ वर्षीय युवकको मृत्यु

काठमाडौँ । बैतडीमा भीरबाट लडेर २३ वर्षीय युवकको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका-६ भूमिराज मुडेलीका २३ वर्षीय लोकेन्द्र साउँदको भीरबाट लडेर मृत्यु भएको हो ।

सोमबार राति घर आउने क्रममा भीरबाट लडेर झन्डै ५० मिटर तल खसेका साउँदको घटनास्थलमै मृत्यु भएको स्थानीय विजय साउँदले बताएका छन् । मृतक साउँदको घरमा १० महिने छोरा र श्रीमती रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *