मन्त्रिपरिषद् विस्तारअघि आरजु पुगिन् दिल्ली

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा दिल्ली पुगेकी छिन् । सोमबार साँझ आमा प्रतिभा राणासहित भारतको राजधानी नयाँ दिल्ली पुगेकी हुन् ।

मन्त्री परिषद् विस्तारमा राणाको नाम पनि चर्चामा रहेको बेला कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी नेतृ राणा सोमबार साँझ ७ बजे नयाँ दिल्लीतर्फ गएकी थिइन् ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आजका लागि तोकिएको बैठक दुई दिन पछि सार्नुलाई पनि राणाको भारत भ्रमण कारकतत्व हुनसक्ने आंकलन गरिएको छ । नियमित स्वास्थ्य जाँचका लागि नयाँ दिल्ली गए पनि उनले सो क्रममा राजनीतिक भेटघाट गर्ने पनि बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *