सत्ता साझेदार १० दलको बैठक आज, मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाडौँ । सत्ता साझेदार १० दलीय गठबन्धनको बैठक बस्दैछ । मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्ने भनिएको बैठक अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो ।

सोमबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच सोमबार भएको भेटवार्तामा आज गठबन्धनको बैठक राखेर मन्त्रिपरिषद् विस्तारबारे निर्णय लिने सहमति भएको थियो । सत्ता गठबन्धनमा रहेका दलहरुबीच मन्त्री बन्ने आकांक्षी धेरै भएपछि भागबण्डा मिलन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *