माओवादीको पदाधिकारी बैठक सुरु, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुँदै

काठमाडौँ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

आजको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ । दोस्रो पटक ६ चैतमा विश्वासको मत पाएका प्रचण्डले हालसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

हाल गठबन्धनमा रहेका १० दल र गठबन्धन बाहिर रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा समेल हुन चाहेकाले प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् विस्तार गर्ने सकस छ ।

नेपाली कांग्रेसलाई ७, सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ४, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई २-२, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र जनमत पार्टीलाई १-१, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीलाई १-१ मन्त्रालय पर्न सक्ने सम्भावना छ ।

यस्तै, रास्वपालाई २ वटा मन्त्रालय र नाउपालाई राज्यमन्त्रीसहित २ मन्त्रालय दिने विषयमा गठबन्धनमा छलफल भइरहेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *