नेपाल बारसँग राष्ट्रपतिले भने : ‘संविधानको अक्षर र मर्म अनुरूप काम गर्न सल्लाह दिनुहोला’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्नु आफ्नो मूल कर्म रहेको बताएका छन् ।

शनिबार नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डललाई उनले संविधानले राष्ट्रपतिलाई दिएको काम कर्तव्य र अधिकारप्रति आफू सचेत भएको सुनाए ।

उनले भने, ‘संविधानको अक्षर र भावनाको मर्म अनुरूप कानुनका जानकारहरूले काम गर्न सुझाव र सल्लाह दिनुहोला।’

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे लगायत पदाधिकारीले राष्ट्रपतिलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *