शुरूभयो इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान

२०७९ चैत १० गते

काठमाडौँ । इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान शुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन् ।
रोजा बस्न मुसलमान समुदायले उर्दू पात्रोअनुसार बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।
रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् ।
रमजान उर्दू पात्रोअनुसार हिजरी संवत् १४४४ हो भने महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ।

२०७९ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित