झापा जाँदै ओली, आफ्नै निवासमा बस्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन् । ओली आज दिउँसो १ बजे भद्रपुर हुँदै दमक पुग्ने भएका हुन् ।

एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार ओली आज दमकस्थित आफ्नै निवासमा बस्नेछन् । अध्यक्ष ओलीले भोलि मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।

भोलि नै नेकपा एमाले झापाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *