प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरे पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तराेन्नती

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गारेखाको पन्थडिही–कटहरे–हर्मी–हुँदै लमजुङको साहिलटार जोड्ने सडकको स्तरोन्नती कार्यको शिलान्यास गगरेका छन् ।

पूर्व माओवादी, पूर्वप्रधानमन्त्री तथा गोरखा गृहजिल्ला भएको नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र उपप्रधानमन्त्री तथा पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजीसँगै गोरखा पुगेर प्रचण्डले सडक स्तरोन्नती कार्यको शीलान्यास गरेका हुन् ।

गोरखाको विमिरेमा एक समारोहबीच उनले उक्त सडक स्तरोन्नतीको शिलान्यास गरेका हुन् ।

यो सडक प्रचण्डको निर्वाचन क्षेत्र गोरखाको क्षेत्र नम्बर २ मा पर्छ ।

वूड हिलरलामा जेभी महाराजगञ्जले उक्त सडक ३० महिनामा स्तरोन्नती गर्ने गरी ठेक्का पाएको छ । उक्त सडकमा भारतीय एक्जिम बैंक ऋण सहयोग छ । ८० करोड रुपैयाँको लागतमा उक्त सडक स्तरोन्नती हुन लागेको हो । २० किलोमिटर लामो उक्त सडक चौडा पार्ने, नाली र रिटेनिङ वालहरु निर्माण गर्ने र दोहोरो लेनको कालोपत्रे गरी स्तरोन्नती गरिने योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *