म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा

काठमाडौँ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनिस क्लब रियल बेटिसलाई १–० ले तथा समग्रमा ५-१ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो ।

पहिलो लेगमा युनाइटेडले ४-१ को सहज जित हात पारेको थियो । दोस्रो लेगमा युनाइटेडको जितमा दोस्रो हाफमै मार्कस रासफर्डले गरेको गोल निर्णायक बन्यो । उनले ५६औं मिनेटमा क्यासमिरोको पासमा गोल गर्न सफल भएका थिए ।

लिगका राउण्ड १६ का दोस्रो लिगका खेल सम्पन्न भएसँगै क्वाटरफाइनलमा पुग्ने ८ टिमको टुंगो लागेको हो । युरोपा लिगको क्वाटरफाइनलमा प्रिमियर लिगबाट म्यानचेस्टर युनाइटेड पुगेको छ भने इटालियन सिरी ए बाट युभेन्टस, एस रोमा पुगेका छन् ।

जर्मनीको बुण्डेसलिगाबाट युनियन सेन्ट गिल्लोइस र बायर लिभरकुसेन पुगेको छ । स्त्य्तई स्पेनिस ला लिगाबाट सेभिया, पिर्चुगल लिगको स्पोर्टिंग सिपी र डच लिगबाट फेयनोर्ड क्वाटरफाइनलमा पुगेका छन् ।

अब क्वाटरफाइनलको ड्र आजै साँझ हुने हुनेछ भने क्वाटरफाइनलका खेलहरु अप्रिल १३ मा पहिलो लिग र अप्रिल २० मा दोस्रो लिग हुने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *