मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

काठमाडौं । सौन्दर्य प्रतियोगिता आयोजना गरी बालिकामाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई ७ वर्षको जेल सजाय हुने भएको छ । काठमाडौँ जिल्ला अदालतले उनको मुद्दामा सुनुवाई गर्दै ७ वर्ष कैद सजाय र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको छ ।

सौन्दर्य प्रतियोगिताको आयोजना गरी एक बालिकामाथि बलात्कार गरेको आरोप पाण्डेमाथि लागिको थियो । तर बलात्कार मुद्दाको हदम्याद नाघेका कारण उनीमाथि मानव बेचविखनसम्बन्धी मुद्दा चलाइएको थियो ।

१० माघमै न्यायाधीश दीपक ढकालको इजलासले यो मुद्दामा पाण्डेलाई दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *