सुपरमाई हाइड्रोपावरको आइपिओ खुल्यो

काठमाडाैँ ।  सर्वसाधारणका लागि सुपरमाई हाइड्रोपावरको आइपिओ आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि आइपिओ बिक्री गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिसकेको छ । त्यस्तै, २ प्रतिशत अर्थात १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको कम्पनीले बताएको छ ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ । उक्त आइपिओमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा फागुन ८ गतेसम्म बिक्री लम्बिने कम्पनीले बताएको छ ।

कम्पनीको आइपिओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै मेरो सेयर खातामार्फत् आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *