रवि लामिछानेको नागरिकता मुद्दामा अदालतबाट कसले पायो न्याय ? : ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको नागरिकता मुद्दामा कसले न्याय पायो भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभा संसदमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

‘रवि लामिछानेलाई मुद्दा हाल्नेलाई के अन्याय परेको थियो, अदालतको फैसलापछि उनले के न्याय पाए मैले बुझेको छैन,’ उनले भने, ‘पुरानै मितिको पुरानै नागरिकता जारी गरिएको छ । यसबाट कसले न्याय पाए मैले बझिनँ ।’

उनले आफ्ना नागरिकलाई राज्यले संरक्षण गर्नुपर्ने भन्दै निशाना बनाउन नहुने बताए । रविको नागरिकता मुद्दाको फैसलाले गैरआवासीय नेपालीका सवालमा पनि समस्या खडा गरेको बताए ।

‘ढोका खुला देखेर फुत्त संसदमा छिरेका थिएनन रवि लामिछाने,’ ओलीले भने, ‘सार्वभौम अधिकार सम्पन्न जनताले मत दिएर आफ्नो प्रतिनिधिको रुपमा छानेर नै रविलाई संसदमा पठाएका थिए । निर्वाचन आयोगले पनि रविको उम्मेद्वारीविरुद्ध परेको उजुरी खारेज गरेको थियो । प्रक्रियागत त्रुटीकै कारण सार्वभौम सांसदको पद गयो । यस्तो पनि हुन्छ, मैले बुझेको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *