हामीले विश्वासको मत दिँदा सत्ता पक्षका नेतालाई टाउको दुख्यो : धनराज गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका नेता धनराज गुरुङले आफूहरुले सरकारलाई विश्वासको मत दिँदा सत्ता पक्षका नेताहरुलाई टाउको दुखेको बताएका छन् । प्रतिनिधिसभा संसदकाे बैठकमा उनले यस्ताे बताएका हुन् ।

वर्तमान आर्थिक संकटको अवस्थामा यो संकटसँग जुध्नका लागि प्रधानमन्त्रीलाई नेपाली कांग्रेसले हार्दिकदता देखाएर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उनले बताए ।

‘तर, हामीले विश्वासको मत दिँदा सत्ता पक्षका कतिपय नेतालाई टाउको दुख्यो, पेट दुख्यो,’ उनले भने, ‘सत्तामा जान लोभिएर वा पदको लोभका कारण विश्वासको मत दिएका होइनौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *