रास्वपाको निर्णायक बैठक पार्टी कार्यालय बसुन्धारामा जारी

काठमाडौँ । राष्ट्रिय स्वतनत्र पार्टी (रास्वपा)को निर्णायक मानिएको केन्द्रीय समिति र संसदीय दलकाे संयुक्त बैठक अहिले पार्टी कार्यालय बसुन्धारामा जारी छ । अपरान्ह १२ बजेपछि सुरु भएको बैठकमा सरकारमा बसिरहने वा सरकारबाट बाहिरिने भन्ने विषयमा छलफल चलिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्री बनाउन नचाहेपछि रविले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बारिहने चेतावनी प्रधानमन्त्रीलाई दिइरहेका छन् ।

गठबन्धन बचाउन सत्ता साझेदार केपी शर्मा ओलीले रविलाई नै गृहमन्त्री बनाउन प्रचण्डलाई दबाब दिइरहेको भए पनि सर्वोच्चबाट रविको नागरिकता विवाद मुद्दाको फैसलाको पूर्णपाठ नआउँदासम्म उनलाई गृहमन्त्री दिन प्रचण्डले चाहेनका छैनन् । प्रधानमन्त्रीले रविलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका छन् । यसबारे रविको पार्टी रास्वपाले के निर्णय लिन्छ भन्ने आजको बैठकपछि थाहा हुने भएको छ ।

रविले आजै विशेष पत्रकार सम्मेलन पनि गर्ने बताएका छन् ।

नागरिकता विवाद मुद्दाको फैसलासँग रविको सांसद, उपप्रधानमन्त्री, गृहमन्त्री पद गुमेपछि रविले पुनः नागरिकता लिएर गृह मन्त्रालय नै आफूले पाउनु पर्ने दाबी गर्दै आएका छन् ।

पार्टी सभापति रवि लामिछानेले पार्टी बैठकबाट ठोस निर्णय आउने बताएका छन्। साथै, उनले आजै विशेष पत्रकार सम्मेलन पनि गर्ने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *