काठमाडौँको पुरानो बानेश्वरमा बाबु-छोरी मृत फेला

काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरमा दुई जना मृत अवस्थामा फेला परेका छन् । रामेछाप घर भएका ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत फेला परेका हुन् ।

प्रहरी वृत्त, बानेश्वरका डिएसपी निशान श्री वास्तवका अनुसार शनिबार साँझ ६ बजे दुई जनाको शव भेटिएको र प्रारम्भिक अनुसन्धानका क्रममा भण्डारीको छोरीलाई छुरा प्रहार गरिएको हुनसक्ने देखिएको उनको भनाइ छ । बुबा किशोर चाहिँ झुण्डिएको अवस्थामा फेला परेका थिए ।

उनले छोरीको हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरू बताउँछन् । छोरी शारीरिकरुपमा अशक्त थिइन् ।

त्यस्तै, घटनास्थलमा प्रहरीले सुसाइड नोट समेत फेला परेको छ । त्यसमा आर्थिक समस्या लगायत विविध विषय उल्लेख गरिएको प्रहरीको भनाइ छ । किशोरले फार्मेसी सञ्चालन गर्दै आएका थिए प्रहरीले घटनाको जाँचबुझका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जबाट फरेन्सिक विज्ञको टोली पनि घटनास्थलमा बोलाएको थियो ।

घटना अपराह्न ३/४ बजेतिरको हुनसक्ने आशङ्का गरिएको छ । घरमा चार जनाको परिवार बस्दै आएको भए पनि शनिबार अरू दुई जना बाहिर थिए ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *