रविको पद खारेजीपछि आफूलाई स्वतः विजयी घोषित गर्न उमेशको माग

काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गरेका छन् । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद खारेज गरिदिएपछि दोस्रो भएका नेता श्रेष्ठले स्वतः विजयीको माग गरेका हुन् ।

लामिछानेको पद खारेजीपछि दोस्रो स्थानमा आफू रहेकाले स्वतः विजयी घोषणा गनुपर्ने माग गर्दै श्रेष्ठले आज निर्वाचन आयोगमा निवेदन दिँदैछन् । उनले आज दिउँसो २ बजे पत्रकार सम्मेलनसमेत आयोजना गर्ने कार्यक्रम छ । उनी रविसँग ३४ हजार ३१२ मतान्तरले पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *