राष्ट्रियसभा उपाध्यक्षको साझा उम्मेदवार छान्न विपक्षी दलको बैठक

काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षको साझा उम्मेदवार चयन गर्न आज विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ ।

शनिबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भए पनि निष्कर्ष भने निकाल्न सकेको थिएन । गत साता बसेको कांग्रेस पदाधिकारी बैठकले भने राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ ।

आफ्नो पार्टीका उम्मेदवारलाई समर्थन जुटाउन सिंहदरबारमा बैठक बोलाए पनि उम्मेदवारको नाम कांग्रेसले घोषणा गरेको छैन । आजको बैठकमा कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने बारेमा कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबीच छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *